सीमा नाका बन्द भएसँगै सुरक्षा व्यवस्थामा कडाइ : बाँकेमा दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त गस्ती

 मंसिर २, २०७९ शुक्रबार १०:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावलाई ध्यानमा राखेर भारत तथा चीनसँगका सीमा नाका बन्द गरिएको छ । चुनावका बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएराति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म छिमेकी दुई देशसँग जोडिएका सीमानाका बन्द गरिएको हो ।

सीमा क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्थालाई कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । भारततर्फको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएका छन् ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको र त्यहाँ संयुक्त गस्ती थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।

हिजो जमुनाहबाट सुरु भएको संयुक्त गस्ती टोली हिरमिनिया पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो ।    
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया