दाङमा श्रीमानले गरे श्रीमतीको हत्या

 मंसिर २, २०७९ शुक्रबार १२:१२:३८ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ - दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

बबई गाउँपालिका–१ क्विरेनीका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिमेकीले बोटेलाई ढोका बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए । छोराछोरी मामाघर गएका बेला श्रीमान् श्रीमतीबीच झगडा भएपछि लालबहादुरले श्रीमतीको हत्या गरेका प्रहरीले जनाएको छ ।

लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया