प्रिमियर लिगमा आर्सनल र ब्राइटन तथा क्रिस्टल प्यालेस र चेल्सीले बराबरी खेले

 पुष २१, २०८१ आइतबार ६:३२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र ब्राइटनले एक–एक गोलको बराबरी खेलेका छन् । दोस्रो स्थानमा रहेको आर्सनललाई दशौँ स्थानको ब्राइटनले बराबरीमा रोकेको हो । बराबरीसँगै आर्सनलको २० खेलमा ४० अङ्क भएको छ । १८ खेलमा ४५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ ।

गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले वेष्टह्यामलाई ४–१ गोल र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । यस्तै न्यूक्यासलले टोटनह्यामलाई २–१ गोलले हरायो ।

गएरातिका अरू खेलमा बर्नमाउथले एभर्टनलाई १–०, एस्टनभिल्लाले लेस्टरसिटीलाई २–१ गोलले हराए । क्रिस्टल प्यालेस र चेल्सीले एक–एक गोलको बराबरी खेले ।   

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया