मधेश केन्द्रित दलको मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनायो
पुस २२, २०८१ सोमबार
माइक्रोसफ्टले कृतिम बौद्धिकता अर्थात् एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर खर्च गर्ने भएको छ । एआई मोडेलहरूलाई प्रशिक्षण दिन, एआई र क्लाउड–आधारित एप्लिकेशनको लागि डाटा सेन्टरहरू विकास गर्न यो वर्ष अर्थात् सन् २०२५ मा माइक्रोसफ्टले ८० अर्ब डलर खर्च गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।
सन् २०२२ मा ओपन एआईले च्याट जीपीटी शुरु गरेपछि एआईमा लगानी बढेको छ । विभिन्न क्षेत्रका कम्पनीहरूले एआईलाई आफ्ना उत्पादन र सेवाहरूमा एकीकृत गर्न खोजिरहेका छन् । एआईलाई ठूलो कम्प्युटिङ पावर चाहिन्छ र विशेष खालका डेटा सेन्टरहरू आवश्यक पर्छ ।
यसैको पूर्तिको लागि माइक्रोसफ्टले अर्बौ डलर खर्च गर्न लागेको हो । माइक्रोसफ्टले आफ्नो एआई पूर्वाधार बढाउन र आफ्नो डेटा सेन्टर नेटवर्क विस्तार गर्न यसअघि पनि अर्बौं डलर लगानी गरिसकेको छ । माइक्रोसफ्टले गर्ने ८० अर्ब डलरको लगानीमध्ये आधाभन्दा धेरै संयुक्त राज्य अमेरिकामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।