दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन् । यसअघिका चुनावमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रमा राख्ने गरिएको थियो । सबै दलका प्रतिनिधि राख्दा मतदान केन्द्रमा भिडभाड हुने भएपछि यो पटक भने उम्मेदवारका प्रतिनिधि मात्रै राख्ने व्यवस्था गरिएको हो ।
निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा निर्देशिका पठाएर सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिले मात्रै मतदान प्रतिनिधि नियुक्त गरी राख्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ । यो व्यवस्था अनुसार मतदान केन्द्रमा सम्बन्धित प्रदेश र सङ्घमा उम्मेदवार नभएको राजनीतिक दलका प्रतिनिधिहरु बस्न पाउँदैनन् ।
सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधिको आधिकारिक हस्ताक्षर भएको पत्र पेस गरेपछि मात्रै मतदान केन्द्रमा प्रतिनिधि बस्न पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।