दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – निर्वाचन आयोगले मतदान गर्न योग्य सबै नागरिकलाई ढुक्क भएर आफ्नो मताधिकारको उपयोग गर्न अपिल गरेको छ । मतदानको अघिल्लो दिन आज आयोगमा विशेष पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नजिकको मतदान केन्द्रमा गएर संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने मतदानको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
थपलियाले भयमुक्त, स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव सम्पन्न गराउनको लागि आयोगले व्यवस्थापकीय र सुरक्षाका सबै तयारी पूरा गरेकाले कसैको डर, धम्की र लोभमा नपरी आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिन पनि आग्रह गर्नुभएको छ । सकभर सबै कर्मचारी र नागरिकले मतदानमा भाग लिन पाउन भनेरै सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिएको उल्लेख गर्दै थपलियाले आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने अधिकारको पूर्ण उपयोग गर्न अपिल गर्नुभयो ।
मतदातालाई मतदान केन्द्रमा जान नदिने, मतपत्र वा मतपेटिका लुट्न खोज्ने, मतपत्रको दुरुपयोग गर्ने, मत दिएको फोटो भिडियो खिच्ने, पटक पटक मतदान गर्न खोज्ने र मतदान कक्षमा जान खोज्ने अनधिकृत व्यक्ति लगायतलाई तत्कालै कडा भन्दा कडा कारबाही गर्न कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।
मतदानको ४८ घण्टा अघिदेखि सुरु भएको प्रचार प्रशार निषेधको अवधिमा काुनन पालना भए/नभएको विषय आयोगले विशेष सुक्ष्म अनुगमन गरिरहेको र सञ्चारमाध्यम र सामाजिक सञ्जालका सूचनालाई समेत जानकारी लिएर नियमन र निगरानी गरिरहेको पनि उहाँले बताउनुभयो ।
चुनावको स्वच्छता र निष्पक्षतामा कतैबाट प्रश्न नउठ्नेगरी काम भइरहेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई सहयोग गरिदिन सबै निकाय र मतदातासँग आग्रह पनि गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।