चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको अपिल

 मंसिर ३, २०७९ शनिबार १५:३४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक सन्देश जारी गरी मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले चुनावमा सहभागिता जनाउन अपिल गर्नुभएको हो । 

उहाँले चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक लगायत सरोकारवाला सबैमा अनुरोध गर्नुभएको हो ।

चुनावबाट शासन प्रणालीमा नागरिकले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्ने राष्ट्रपति भण्डारीले बताउनुभएको छ । निर्वाचित गरेका जनप्रतिनिधिबाट देशको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया