भ्रामक सामग्री फैलाइएकोमा प्रेस काउन्सिलको ध्यानाकर्षण : लाइक, कमेन्ट र शेयर गर्नेलाई कारबाहीको चेतावनी

 मंसिर ३, २०७९ शनिबार १५:५७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही सञ्चारमाध्यमको नाम दुरुपयोग गरेर चुनाव सम्बन्धी भ्रमपूर्ण सामग्री प्रचार भइरहेकोमा प्रेस काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति काउन्सिलले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सामाजिक सञ्जालमा फैलाइएका सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा कुनै समाचार सम्प्रेषण नगरेको जवाफ प्राप्त भएको र कतिपय मिडियाले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रष्ट्याइसकेका काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ । 

काउन्सिलले चुनावमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त र फेक न्युजबाट सजग रहन सबैसँग अनुरोध गरेको छ । स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराध सम्बन्धी कानुन आकर्षित हुने स्मरण गराउँदै काउन्सिलले चुनावलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न हुने वातावरण बनाउन समेत आग्रह गरेको छ ।

चुनावलाई प्रभाव पार्ने उद्देश्यले कुनै पनि माध्यमबाट दुष्प्रचारयुक्त मिथ्या सूचना तथा टिकाटिप्पणी नगर्न र सामाजिक सज्जालबाट समेत पोष्ट, शेयर, कमेन्ट नगर्न/नगराउनतर्फ प्रेस काउन्सिलले सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जालका प्रयोगकर्ताको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया