फिफा विश्व कप फुटबल आजदेखि : उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर खेल्दै

 मंसिर ४, २०७९ आइतबार ६:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् ।

उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह 'ए' मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स, समूह 'सी' मा अर्जेन्टिना, साउदी अरब, मेक्सिको र पोल्यान्ड र समूह 'डी' मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिया  रहेका छन् ।

यस्तै,  समूह 'ई' मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह 'एफ' मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह 'जी' मा ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा समूह 'एच'मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् । फाइनल खेल पुस ३ गते हुनेछ ।  विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो ।

कतारले १२ वर्षअघि विश्व कप आयोजनाको जिम्मेवारी पाएको थियो । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएको थियो । सन् १९३० देखि सुरु भएको विश्व कपमा अहिलेसम्म ८ वटा देशले मात्रै उपाधि जितेका छन् ।

जसमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जितेको छ । यस्तै, इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BASANTA BASANTA

    Nov. 20, 2022, 6:26 a.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया