गर्भवती, सुत्केरी, किरियापुत्रीलगायत भोट हाल्न लाइनमा बस्नु नपर्ने

 मंसिर ४, २०७९ आइतबार ७:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर मतदान सुरु भइसकेको छ । भोट हाल्नका लागि मतदान केन्द्रमा पुगेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, किरियापुत्री, अपाङ्गता भएकाहरु लाइनमा बस्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका  ५ बजेसम्म भोट हाल्न पाइने छ  ।

मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । भोट हाल्न जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जानु पर्छ ।

मतदात परिचय पत्र नभएमा निर्वाचन आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र लाइसेन्स वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्रको आधारमा पनि  मतदान गर्न पाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । तर मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्छ ।  

आयोगले अरूको नाममा मत नहाल्न, दोहाेर्याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए नभएको यकिन गर्न पनि आग्रह गरेको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया