भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मतदान गर्नुभएको छ ।
निर्वाचन आयुक्त भण्डारीले काठमाण्डौको अनामनगरमा रहेकाे मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त भण्डारीले चुनावको प्रक्रियामध्ये सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया मतदान भएकाले निर्धक्क भएर मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभयो ।
उहाँले मतदान स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । उहाँले मतदान सहज र व्यवस्थित ढङ्गले गरेको बताउनु भयो । उहाँले चुनावका लागि शान्ति, सुरक्षाको व्यवस्था पनि व्यवस्थित पारिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चुनावको प्रक्रियामध्ये सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया भनेको मतदान हो । मतदान स्वच्छ, निष्पक्ष र भयरहीत हुनुपर्छ भन्ने सबैको मान्यता हो । हामीले अहिले यति राम्रोसँग सहज र व्यवस्थित ढङ्गले व्यवस्था गरेका छौँ, व्यवस्थापन असाध्यै राम्रो छ । शान्ति, सुरक्षा राम्रो छ । कुनै पनि ठाउँमा दुर्घटना भए आयोग त्यहीँ ३० मिनेट भित्रमा पुगिसक्छ । खुशीसँग मतदान गरौँ ।’
निर्वाचन आयुक्त भण्डारीले कुनै पनि ठाउँमा दुर्घटना भए आयोग ३० मिनेट भित्रमा घटनास्थलमा पुग्ने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।