देशभर अहिलेसम्म ४६ प्रतिशत मत खस्याे, ‘मतपेटिका ढुवानीका लागि गाडी तैनाथ’

 मंसिर ४, २०७९ आइतबार १४:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ पथरी शनिश्चरे २ का ८१ वर्षीया मीनमाया राई र ९१ वर्षीया नरध्वज राई मतदान गरेर घर फर्किँदै । तस्बिर : गोपाल काफ्ले/रासस

काठमाण्डाै – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेकाे छ । आज दिउँसो काठमाण्डाै उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो ।

सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताउनुभयो । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेकाे उहाँकाे भनाइ छ । उहाँले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका गाडी तैनाथ राखिएको पनि बताउनुभयो ।

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाण्डाै, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेकाे हाे । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताले उत्साहित भएर मतदान गरिरहेको पाएको सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया