भोजपुरमा २ बजेसम्ममा ३२ प्रतिशत मत खस्यो

 मंसिर ४, २०७९ आइतबार १४:५२:५३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत भाेजपुरमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार जिल्लामा शान्तिपूर्णरूपमा मतदान भइरहेको छ । 

मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार भोजपुर कारागारका कैदीबन्दीले भने मतदान गरिसकेका छन् । मतदाता नामावलीमा नाम भएका सबै ५७ जना कैदीले मतदान गरिसकेका निर्वाचन कार्यालयका प्रमुख तथा निर्वाचन अधिकृत तोपलाल भुसालले बताउनुभयाे ।

भाेजपुरमा मतदान बिहान ७ बजेदेखि सुरु गरिएको थियो । भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया