बाजुरामा एउटा मतपेटिकामा आगजनी

 मंसिर ४, २०७९ आइतबार १६:३२:५६ | निमेन्द्र शाही
unn.prixa.net

फाइल तस्बिर

बाजुरा – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत बाजुरामा एउटा मतपेटिकामा आगजनी भएको छ । 

स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कसले आगो लगायो भन्ने जानकारी आएको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरी कार्यालयले जनाएकाे छ ।

आठ सय ४० जना मतदाता रहेका यस केन्द्रमा मतपेटिकामा आगजनी हुनुअघि पाँच सय २८ मत खसेको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया