कालीकाेटमा साढे ५६ प्रतिशत मत खस्याे, मतपेटिका गणना स्थलमा ल्याइँदै

 मंसिर ४, २०७९ आइतबार १९:६:६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव अन्तर्गत कालीकाेटमा ५६ प्रतिशतभन्दा धेरै मत खसेकाे छ । 

८० हजार सात सय ३३ जना मतदाता रहेकाे कालीकाेटमा तीन वटा मतदान केन्द्रबाहेक ४५ हजार नाै सय तीन अर्थान ५६ दशमलव ५६ प्रतिशत मत खसेकाे छ । 

अहिले जिल्लाका महाबै, शुभकालीका, नरहरिनाथ, सान्नीत्रिवेणी गाउँपालिकाको मतपेटिका गणना स्थलमा ल्याउने काम भइरहेको छ । त्यस्तै खाँडाचक्र, तिलागुफा, रास्कोट नगरपालिका, पचालझरना, पलाँता गाउँपालिकाबाट मतपेटिका आजै ल्याउने तयारी गरिएको छ ।

जिल्लाको रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाँता गाउँपालिकाको मतपेटिका भाेलि साेमवारसम्म गणना स्थलमा ल्याइ पुर्‍याउने गरी तयारी गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया