भोजपुरमा ५० प्रतिशत मत खस्यो

 मंसिर ४, २०७९ आइतबार १९:१४:१७ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाेजपुरमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । भोजपुरमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयाे । 

अहिले मतदान केन्द्रबाट मुचुल्का उठाएर मतपेटिका सदरमुकाम ल्याउने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयाे । उहाँका अनुसार सबै केन्द्रबाट भोलि साेमवार बिहान ९ बजेसम्म मतपेटिका ल्याइने छ ।  

सबै केन्द्रका मतपेटिका सदरमुकाम ल्याएपछि सर्वदलीय बैठक बसी मतगणना तत्काल सुरु गर्ने प्रजिअ घिमिरेले बताउनुभयाे । चुनाव सम्पन्न गराउने सहयोग गर्ने राजनीतिक दल, पत्रकार अन्य सङ्घ–संस्था र कर्मचारीहरुलाई उहाँले धन्यवाद दिनुभएकाे छ । 

प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र भएको भोजपुरमा एक सय ५७ वटा मतदान केन्द्र रहेकाे थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया