रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत आज आइतवार मतदान सम्पन्न भएको छ । दुई सय ७५ प्रतिनिधि सभा सदस्य र तीन सय ३० प्रदेश सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको हो । केही ठाउँमा भने विवादका कारण रोकिएको मतदान फेरि सुरु गर्दा बेलुका ७ बजेसम्म पनि मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
देशभर १० हजार आठ सय ९२ वटा मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र तोकिएको थियो । यो चुनावमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता थिए । चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित दुई लाख ४६ हजार नाै सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झन्डै तीन लाख सुरक्षाकर्मी खटिएका थिए ।
गुल्मी, दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका केही मतदान केन्द्रको मतदान भने रोकिएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालयको मतदान स्थगित भएको छ । छलफलपछि मतदानको मिति तोकिने निर्वाचन अधिकृतले बताएका छन् ।
अहिले देशका धेरैजसो ठाउँमा मतपेटिका सङ्कलनको काम सुरु भएको छ । सडक सञ्जाल पुगेका सबैजसो केन्द्रबाट गाडीमार्फत मतपेटिकालाई मतगणना हुने ठाउँसम्म पुर्याउने काम भइरहेको छ । मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा लगायतका केही जिल्लाका विकट ठाउँमा हेलिकप्टरसमेत परिचालन गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । सहरी र सुगम जिल्लाको मतगणना भने आजै राति अबेरदेखि भए पनि सुरु गरिने आयोगले जनाएको छ ।
मतगणनास्थलमा मतपेटिका ल्याएपछि रुजु गर्ने र सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त थपलियाले यही मङ्सिर ८ गतेसम्म प्रत्यक्षतर्फको सबै परिणाम सार्वजनिक गरिसक्ने दाबी गर्नुभएको छ ।
काठमाण्डाैमा यी १० ठाउँमा हुँदैछ मतगणना
क्षेत्र नम्बर १ : सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वर
क्षेत्र नम्बर २ : कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थली
क्षेत्र नम्बर ३ : गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुल
क्षेत्र नम्बर ४ : बूढानीलकण्ठकाे चपलीमा रहेको जेष्ठ नागरिक भवनमा
क्षेत्र नम्बर ५ : टोखाको श्रीसमाज भवन
क्षेत्र नम्बर ६ : तारकेश्वरको धर्मस्थली
क्षेत्र नम्बर ७ : बालाजु ७ को जुडो हल
क्षेत्र नम्बर ८ : स्वयम्भूको गीतामाता स्कुल
क्षेत्र नम्बर ९ : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रवि भवन
क्षेत्र नम्बर १० : त्रिभुवन विश्वविद्यालय कीर्तिपुर स्मृति भवन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।