स्याङ्जामा ५० प्रतिशत मत खसेको प्रारम्भिक विवरण

 मंसिर ४, २०७९ आइतबार २०:११:५२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

फाइल तस्बिर

स्याङ्जा – स्याङ्जामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा प्रारम्भिक विवरणअनुसार ५० प्रतिशत मत खसेकाे छ । 

सामान्य विवाद र केहीबेरको अवरोधका बीच चुनाव सम्पन्न भएकाे स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयाे ।  

जिल्लाकाे चापाकोट नगरपालिका १ को भानु मावि मतदान केन्द्रमा दिउँसो तीन घण्टा मतदान राेकिएकाे थियो । कांग्रेस र एमालेका प्रतिनिधिबीच कुटाकुट हुँदा एक राउन्ड हवाई फायर नै गर्नुपरेको थियो । कुटपिट गर्ने वडा सदस्यसमेत रहेका एमालेका प्रतिनिधि सन्तोष थापालाई कारबाही गर्ने सहमति भएपछि मतदान फेरि सुरु भएकाे थियाे ।  

यस्तै चापाकोट १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान दुई घण्टा ढिलाे सुरु भएको थियो । स्वतन्त्रको प्रतिनिधिको रूपमा एमालेका नेता नै आएको भन्दै कांग्रेसले विरोध जनाएपछि मतदानमा ढिलाइ भएको हो ।

गल्याङ नगरपालिका ७ को मनहरी खर्क मतदान केन्द्रमा पनि विवादका कारण दिउँसो एक घण्टा मतदान राेकिएकाे थियो । प्रहरीले एक राउन्ड हावई फायर गरी अवस्थालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

स्याङ्जामा एक सय ९९ वटा मतदान स्थल र तीन सय २० वटा मतदान केन्द्र रहेको थियो । यस चुनावमा स्याङ्जामा दुई लाख ४४ हजार ८९ जना मतदाता थिए ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया