दाेलखा : कतै झडप, कतै शान्तिपूर्ण, ५४ प्रतिशत मत खस्यो

 मंसिर ४, २०७९ आइतबार २०:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

दाेलखा – हिमाली जिल्ला दाेलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन्न सम्पन्न भएको छ । जिल्लाका ९४ वटै मतदान केन्द्रमा स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ जानकारी दिनुभयाे ।

दाेलखा जिल्लामा करिब ५४ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएकाे छ। जम्मा मतदाता एक लाख ६१ हजारमध्ये ८७ हजार १ सय ५५ मत खसेकाे छ । मतपेटिका ढुवानी तीव्र रूपमा भइरहेकाे छ। सदरमुकाम नजिकै पर्ने मतदान केन्द्रहरुबाट मतपेटिका आइसकेको छन ।

दोलखाको आधा दर्जनभन्दा बढी स्थानमा तनाव सिर्जना हुँदा २६ राउण्ड हवाइ फायर भएको छ भने एक जना घाइते भएका दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनुभयाे । बैतेश्वर गाउँपालिका २ पुतलीकाठ र गौरीशंकर गाउँपालिका-२ मा रहेकाे मतदान केन्द्रमा स्थगित भएको मतदान केही समयपछि फेरि सुरु भएकाे थियाे । यस्तै बैतेश्वरकाे वडा नम्बर १ मा पनि तनाव भएको छ । 

कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ र १ मा पनि प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका - ९ मा पनि गोली चलेको छ । तामाकोशी गाउँपालिका ३ मा रहेकाे कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १७ राउण्ड हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताकाबीच झडप भएको छ । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

झडपको क्रममा ब्यालेट बक्स फुटाउन खोजिएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ । जिरी नगरपालिकाको वडा नम्बर ९ चिपचिपे, मेलुङको वडा नम्बर ४ भेड्पु, बैतेश्वरको नाम्दु र तामाकोशीको मालु लगायतका ठाउँमा पनि तनाव सिर्जना भएको थियो ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया