ललितपुर र भक्तपुरमा मतगणना सुरु

 मंसिर ४, २०७९ सोमबार ४:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत ललितपुर र भक्तपुरमा रातिदेखि मतगणना सुरु भएको छ ।  ललितपुर क्षेत्र नम्बर २ र भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको हो ।

ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भैरहेको हो । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

यस्तै भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा मतगणना भैरहेको हो । भक्तपुरमा करिब ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जानकारी दिएको छ । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री लगायत प्रतिस्पर्धामा छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया