कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ स्वतन्त्र पार्टी अगाडि

 मंसिर ५, २०७९ सोमबार ८:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की- कास्कीको क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। समानुपातिक तर्फ ५ सय ४१ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ६९, एमालेले १ सय, नेपाली काँग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन्। कास्की निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना आज बिहानदेखि सुरु भएको हो।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाको ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिनुभएको छ। उहाँले अहिलेसम्म १ सय ६२ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्टिय प्रजातन्त्र पार्टीका सुर्वण राज पन्तले ८५ मत प्राप्त गर्नुभएको छ।

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।  

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया