तेह्रथुमको आङ्दिममा फेरि मतदान हुने

 मंसिर ५, २०७९ सोमबार १२:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम - तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि फेरि मतदान हुने भएको छ ।

छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय 'ख' मतदान केन्द्रमा हिजाे भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी भाेलि मङ्गलवार फेरि मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मङ्गलवार फेरि मतदान गराउने निर्णय भएको निर्वाचन आयोगले जनाएकाे छ ।

याे  मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको जनाइएकाे छ ।

याे केन्द्रमा ८ सय ४४ मतदाता मध्ये हिजाे ४ सय ५६ जनाले मतदान गरेका थिए ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया