सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेको इलाम २ मा मतगणना सुरु

 मंसिर ५, २०७९ सोमबार १५:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम  – नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी रहेको इलाम नम्बर २ मा मतगणना सुरु भएको छ ।

इलामको सदरमुकामस्थित सिटी हलमा  दिउँसोको १ बजेर ४५ मिनेटदेखि मतगणना सुरु भएको हो । 

प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैतर्फको र यही क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना एकै पटक सुरु गरिएको छ ।

इलामको प्रतिनिधिसभा क्षेत्र २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेकोमा ६९ हजार ४ सय ८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का चर्चाका उम्मेदवार हुनुहुन्छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया