खोटाङमा मतगणना सुरु

 मंसिर ५, २०७९ मंगलबार ०:३५:४६ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङमा मतगणना सुरु भएकोछ । सोमबार राति नौ बजेदेखि गणना सुरु गर्ने भनिए पनि दुई घण्टा ढिला गरी गणना सुरु गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका रुपमा प्रयोग गरिएको जिल्ला अदालतको एउटा कोठामा प्रतिनिधिसभा र अन्य दुई कोठामा प्रदेशसभा क र प्रदेशसभा ख को मतगणना सुरु गरिएको हो । एक पटकमा पाँच सय मत गणना गरेर परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयाे ।

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ (४७.१७ प्रतिशत) मत खसेको छ । स्वतन्त्रसहित नौ दलका २६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा क मा १० जना र प्रदेशसभा ख मा छ जना उम्मेदवार छन् ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया