समानुपातिकमा एमालेलाई अग्रता : स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो

 मंसिर ६, २०७९ मंगलबार ६:१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले ४३ हजार ५ सय ८५ मत पाएको छ ।

नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ३८ हजार ३ सय २४ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले १८ हजार १ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले १६ हजार ७ सय १६ मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ ।

पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाको ८ हजार ६ सय २१, जनता समाजवादी पार्टी, नेपालको ३ हजार २ सय ४, नेपाल मजदुर किसान पार्टीको २ हजार ९ सय १०, जनमत पार्टीको २ हजार ८ सय १५, नेकपा (एकीकृत समाजवादी) को २ हजार ३० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको १ हजार ५ सय ६३ मत रहेको छ ।

त्यस्तै अन्य दलहरुले समानुपातिकतर्फ ८ हजार १ सय ७५ मत ल्याएका निर्वाचन आयोगको विवरण छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया