विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : पहिलो खेलमा अर्जेन्टिना र साउदी अरब खेल्दै

 मंसिर ६, २०७९ मंगलबार ६:५४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अर्जेन्टिना र साउदी अरबबीच खेल हुनेछ । समूह ‘सी’ को खेलमा अर्जेन्टिना र साउदी अरबको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

अहिलेसम्म १८ पटक विश्व कप खेलिसकेको अर्जेन्टिनाले साउदी अरबसँग पहिलो पटक खेल्न लागेको हो। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्व कप उपाधि जितेको छ । आजको खेल जिते अर्जेन्टिनाले ३७ खेलमा अपराजित रहेको इटलीसँग कीर्तिमान बराबरी समेत गर्नेछ। कप्तान लियाेनल मेस्सी पाँचौँ पटक विश्व कप खेल्दैछन्। तर उपाधि जिताउन सकेका छैनन्।

त्यस्तै, आज हुने अर्को खेलमा डेनमार्क र ट्युनिसियाबीच बेलुका पौने ७ बजे तथा मेक्सिको र पोल्यान्डबीच राति पौने १० बजे खेल हुनेछ । त्यस्तै फ्रान्स र अस्ट्रेलियाबीचको खेल राति पौने १ बजे हुनेछ। 

विश्व कपमा नेदरल्यान्ड्स र इङ्ल्यान्डले विजयी सुरुवात गरेका छन्। अमेरिका र वेल्सले बराबरी खेलेका छन् । नेदरल्यान्ड्सले सेनेगललाई २–० गोल तथा इङ्ग्ल्यान्डले इरानलाई ६–२ गोल अन्तरले हरायो । कतारमा भैरहेको विश्व कप फुटबलमा ३२ देश सहभागी छन्।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया