चितवन-२ : रवि लामिछाने दोस्रो स्थानमा उक्लिँदा कांग्रेस तेस्रो, एमालेको अग्रता कायमै

 मंसिर ६, २०७९ मंगलबार ७:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवन-२ मा एमालेको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका  कृष्णभक्त पोख्रेलले २ हजार ३ सय ३१ मत ल्याउनु भएको छ ।

उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पछ्याइरहनु भएको छ । लामिछानेले कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनु भएको छ । उहाँले २ हजार २ सय २७ मत ल्याउनु भएको छ । कांग्रेसका श्रेष्ठले २ हजार ३६ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • लाल वीर मुखिया

    Nov. 22, 2022, 8 a.m.

    अझै पनि जनता सचेत भाको छैन् पुरानो नेता हरुलाइनै भोट दिराछ

  •  0 Reply

तपाईको प्रतिक्रिया