काठमाण्डौ क्षेत्र नम्बर–४ बाट गगन थापाको ‘ह्याट्रिक’ जित

 मंसिर ६, २०७९ मंगलबार ११:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी हुनुभएको छ । उहाँको यो ह्याट्रिक जित हो । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।

थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतको अन्तरले हराउनुभयो । संविधानसभा सदस्य निर्वाचन–२०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा संविधानसभा सदस्य निर्वाचन–२०७० मा काठमाण्डौ–४ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो ।

त्यस्तै, प्रतिनिधि सभा सदस्यमा–२०७४ मा पनि त्यहाँबाटै निर्वाचित हुनुभएको थियो । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया