म जीवनका प्रतिकूलताहरुलाई सहज रुपमा ग्रहण गर्न सक्छु : रविन्द्र मिश्र

 मंसिर ६, २०७९ मंगलबार १३:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गएको आइतवार भएको प्रतिनिधि सभा चुनावमा १ सय २५ मतले पराजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दु:खी भएको बताउनु भएको छ। तर आफू समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमा मतदालालाई आभार व्यक्त गर्दै उहाँले  गएको पाँच वर्षको आफ्नो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि अहिले आफूले पाएको मतलाई टुट्न नदिने बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ : ‘झुठ बोलेर मत माग्दिनँ’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिनँ’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ ! यस पटक काठमाण्डौ क्षेत्र नं १ मा ‘चुनावी सङ्ग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासङ्ग्राम’ थियो।

उहाँले आफू कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्ने व्यक्ति भएको पनि उल्लेख गर्नु भएको छ । उहाँले लेख्नु भएको छ : ‘तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।’

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया