दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधान र एमालेका सर्वेन्द्र खनालबीच ४ मतको अन्तर छ । एमालेका खनाल ४ मतले अघि हुनुहुन्छ । प्रधानले ३६ सय ३४ मत प्राप्त गर्नुभएको छ भने खनालले ३६ सय ३८ मत प्राप्त गर्नुभएको छ ।
तर अग्रता भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले लिनुभएको छ । उहाँले ५ हजार ६ सय ८४ मत पाउनुभएको छ । कांग्रेस र एमालेका उम्मेदवारभन्दा उहाँ २ हजार ४६ मतले अगाडि हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।