तेह्रथुममा एमालेको अग्रता, कांग्रेस पछ्याउँदै

 मंसिर ६, २०७९ मंगलबार २०:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – तेह्रथुममा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता लिएको छ । १ हजार ३ मतगणना हुँदा नेकपा एमालेका विजय सुब्बाले ५६० मत प्राप्त गर्नुभएकाे छ । सुब्बाका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सीता गुरुङले ३९७ मत प्राप्त गर्नुभएकाे छ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ तर्फ पनि नेकपा एमालेका किशोर चन्द्र दुलालले अग्रता लिनुभएकाे छ । दुलालले ५५२ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३८१ मत प्राप्त गर्नुभएकाे छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र २ तर्फ नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । १ हजार २३९ मतगणना हुदाँ केन्द्रका दुर्गाप्रसाद चापागाई (सचिन)ले ५३९ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका तेजमान कन्दङवाले ४८४ मत प्राप्त गर्नुभएकाे छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र १ को मतगणना छथर गाउँपालिका र प्रदेश सभा निर्वाचन क्षेत्र २ को आठराई गाउँपालिकाबाट हुँदैछ । सदरमुकाम म्याङलुङमा रहेकाे सिंहवाहिनी माविभित्र तीन स्थानमा मतगणना भइरहेको छ । ७१ हजार ९ सय ३३ मतदाता संख्या रहेको तेह्रथुममा ४१ हजार १ सय ८० जनाले मतदान गरेका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया