सिन्धुली-२ काे दुई वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

 मंसिर ७, २०७९ बुधबार ५:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुई वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

क्षेत्र नम्बर २ को १ मा नेकपा एमालेका बिनोदकुमार खड्कालाई ५ हजार २०३ मतान्तरले पछि पार्दै गठबन्धन तर्फका नेपाली काङ्ग्रेसका छेत्रबहादुर बम्जन विजयी हुनुभएको हो । नेपाली कांग्रेसका छेत्र बहादुर बम्जनले १६ हजार ८३५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका बिनोदकुमार खड्काले ११ हजार ६३३ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ को २ मा नेकपा माओवादी केन्द्रका गङ्गा नारायण श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई ३ हजार २१२ मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १३ हजार १ सय मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका पौडेल ले ९ हजार ७८९ मत प्राप्त गर्नु भएको छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया