तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको प्रस्ताव
जेठ २७, २०८० शनिबार
रुकुम – रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका पूर्ण घर्ती मगर विजयी हुनुभएको छ ।
उहाँ १२ हजार २६२ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्ले ५ हजार २११ मत ल्याउनु भएको छ ।
स्वतन्त्र तर्फबाट उम्मेदवार हुनुभएका चन्द्रराज झाँक्रीले ८ सय ९६, राप्रपाका खिमबहादुर खत्रीले ५ सय ८६, मङ्गोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४ सय ६४ र नेशनलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत प्राप्त गर्नुभएको छ ।
रुकुम पूर्वमा जम्मा ३४ हजार १ सय १२ मतदाता रहेकोमा २१ हजार ९० मा मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार १० हजार १ सय ८७ पुरुष र १० हजार ९ सय ३ जना महिलाले मतदान गरेका थिए।
अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित घर्ती २०७४ सालको प्रदेशसभाको निर्वाचनमा विजयी भई पाँच वर्षको कार्यकालमा लुम्बिनी प्रदेशको सभामुखको भूमिकामा रहनुभएको थियो ।