अछाम २ मा कांग्रेसका शाह विजयी

 मंसिर ७, २०७९ बुधबार १९:२:२९ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएकाे छ । सत्ता गठबन्धनका दलको समर्थनमा कांग्रेसका अछामका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएकाे हाे । 

शाहले २२ हजार ९ सय ५४ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार १ सय ३४ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचकाे मतान्तर ७ हजार २० रहेको छ । यसअघि २०७४ काे चुनावमा शाह बाेगटीसँग २ हजार ८ सय ५९ मतान्तरले पराजित हुनुभएकाे छ । 

यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र (ख) को मतगणना चलिरहेकाे छ । जसमा सत्ता गठबन्धनका उम्मेदवारकाे अग्रता छ । क्षेत्र नम्बर २ को प्रदेश सभाको मतगणना सुरु गर्ने तयारी छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया