सोलुखुम्बुको प्रदेश सभा (ख) एमालेका राजभण्डारी विजयी

 मंसिर ७, २०७९ बुधबार २०:५२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

विजयी राजभण्डारीलाई बधाई दिँदै प्रतिस्पर्धी बस्नेत

सोलुखुम्बु – एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई ३ हजार ३ सय १३ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

विजयी राजभण्डारीले १० हजार १ सय २८ र माओवादी केन्द्रका बस्नेतले ६ हजार ८ सय १५ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभामा एमालेका राजभण्डारी दोस्राे पटक विजयी हुनुभएको हो । यसअघि पनि यो क्षेत्रबाट विजयी हुनुभएका राजभण्डारी प्रदेश १ नम्बर मा नेकपा एमालेको प्रमुख सचेतक बन्नुभएको थियो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया