बैतडी प्रदेशसभा-२ मा कांग्रेस विजयी

 मंसिर ७, २०७९ बुधबार २३:७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – बैतडीको प्रदेशसभा २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतले पछि पार्दै विजयी हुनुभएको हो । 

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कांग्रेसका शिवराजले १७ हजार एक सय ५३ मत प्राप्त गर्दा एमालेका लिलाधरले १६ हजार सात सय १६ मत प्राप्त गर्नुभयो । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले एक हजार दुई सय एक र नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले एक सय ७० मत प्राप्त गर्नुभयो । कुल ३७ हजार दुई सय ८० मत खसेकामा एक हजार आठ सय २० मत बदर भएको थियो । बैतडीमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया