कञ्चनपुर २ मा कांग्रेसका एनपी साउद विजयी

 मंसिर ८, २०७९ बिहिबार ६:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउदले २८ हजार १ सय मत पाउनु भयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६ सय ४५ मत पाउनुभयो ।

साउद ६ हजार ४ सय ५५ मतान्तरले विजयी हुनु भएको हो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९ सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार पाँच सय १० मत ल्याउनुभयो । यस्तै, प्रदेशसभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार बहादुर सिंह थापाले एमालेका उम्मेदवार कृपाराम रानालाई एक हजार सात सय २६ मतान्तरले पराजित गर्नुभयो । थापाले १० हजार छ सय ६८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रानाले ८ हजार ९ सय ४२ पाउनुभयो ।

यस्तै, प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का ओमविक्रम भाट १० हजार नौ सय २५ मतसहित विजयी हुनुभयो । एमालेका बचनबहादुर सिंहले १० हजार चार सय ५० मत पाउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया