गोरखा-२ मा प्रचण्डको जित निश्चित, अन्तिम नतिजा आउन बाँकी

 मंसिर ८, २०७९ बिहिबार ६:५८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

गोरखा - गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डको जित सुनिश्चित भएको छ ।

 उहाँले २६ हजार १ सय ३ मत प्राप्त  गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाउनु भएको छ । प्रचण्ड १३ हजार ४ सय ६७ मतले अगाडि हुनुहुन्छ ।

यस्तै, एमालेका अब्दुस मियाँले ७ हजार ३ सय ९२ मत ल्याउनु भएको छ ।

गोरखा २ मा ५४ हजार ५३ मत खसेको थियो । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न बाँकी छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया