दाङ-२ (ख) मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने विजयी

 मंसिर ८, २०७९ बिहिबार ९:१:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङ-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) विजयी हुनुभएकाे छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको आज बिहान सम्पन्न प्रदेश सभा (ख )को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार न्याैपानेले १७ हजार ८ सय २२ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे।

यस्तै नेकपा एमालेका उम्मेदवार गिरिराज केसीले १६ हजार ६ सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले ३ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएकाे हाे। 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया