अछामका दुई वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

 मंसिर ८, २०७९ बिहिबार १०:४२:४९ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनभएकाे छ ।

उहाँ १९ हजार ५३४ मतसहित विजयी हुनुभएकाे हाे । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका झपट बोहराले १५ हजार ४५ मत प्राप्त गर्नुभएकाे  छ। त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३ सय ९२ मत प्राप्त गर्नु भएकाे छ।

यस्तै अछाम प्रतिनिधि सभा क्षेत्र नं. २ मा २३ वर्षपछि नेपाली कांग्रेसले जित हासिल गरेको छ । यहाँ नेपाली कांग्रेसका पुष्प बहादुर शाह विजयी हुनुभएकाे हाे।

शाहले २३ हजार ५४ मत प्राप्त गर्नु भएकाे छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका यज्ञ बहादुर बोगटीले १६ हजार ३४ मत प्राप्त गर्नुभयो । उहाँहरु बीचको मतान्तर ७ हजार २० रहेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया