कपिलवस्तु २ (क) मा एमालेका लामिछाने विजयी

 मंसिर ८, २०७९ बिहिबार १३:१६:४८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर काे प्रदेश सभा (क) मा नेकपा एमालेका नवराज लामिछाने विजयी हुनुभएकाे छ । 

आज बिहीवार सम्पन्न मतगणनाकाे अन्तिम मत परिणामअनुसार एमालेका लामिछाने ५ सय २२ मतको अग्रतासहित विजयी हुनुभएकाे हाे । उहाँले २१ हजार १ सय ३६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रमसिंह थापाले २० हजार ६ सय १४ मत पाउनुभयाे । 

नवनिर्वाचित प्रदेश सभा सदस्य लामिछानेले जनताको सहयोग र विश्वासबाट आफू विजयी भएको र क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया