ललितपुर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी

 मंसिर ८, २०७९ बिहिबार १६:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी भएको छ ।

प्रदेश सभा (क) मा रघुनाथ महर्जन  र (ख) मा  प्रेमभक्त महर्जन विजयी हुनुभएको हो । (क) मा महर्जन ९ हजार ७६६ मतसहित विजयी हुनुभएको हो भने (ख) मा प्रेम भक्त महर्जन ९ हजार ५८ मतले विजयी हुनुभएको हो । 

यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका राज काजी महर्जनले ९ हजार ८० मत ल्याउनुभयो भने राप्रपाका विनोद कुमार खड्काले ७ हजार ५ सय ८७ मत प्राप्त गर्नुभयो । 

(ख) मा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ८ हजार ३० मत पाउनुभयो भने राप्रपाका ७ हजार ७ सय ४५ मत प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया