घानालाई ३-२ गाेल अन्तरले हराउँदै पाेर्चुगल विजयी : राेनाल्डाेकाे कीर्तिमान

 मंसिर ८, २०७९ शुक्रबार ०:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप २०२२ मा पाेर्चुगलले विजयी सुरुवात गरेकाे छ । घानालाई ३-२ गाेल अन्तरले हराउँदै पाेर्चुगलले जित हात पारेकाे हाे । 

बिहिबार राति कतारकाे ९७४ रंगशालामा भएकाे खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियाे । पहिलो हाफको खेल भने गोलरहित बराबरीमा टुंगियाे ।

यस्तै पाेर्चुगलका डेब्यु खेलाडी जाेआ फेलिक्स र राफाल लियाेले दुई मिनेटभित्र १/१ गाेल गरे । ७८ मिनेटमा फेलिक्सले र ८० मिनेटमा लियाेले गाेल गरेका थिए । यस्तै, खेलको ७३ औं मिनेटमा घानाका आन्द्रे एयुले र अन्तिम सयमयमा घानाका ओस्मान बुकारीले १/१ गाेल गरेका थिए ।

याे जितसँगै समूह एच को पोर्चुगलले पहिलाे खेलमा तीन अंक जोडेको छ । साथै समूहकाे शीर्ष स्थानमा रहेको छ । यस्तै पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

राेनाल्डाेकाे कीर्तिमान

याे खेलमा गाेल गरेसँगै राेनाल्डाेले अर्काे विश्व कीर्तिमान बनाएका छन् । उनले लगातार पाँच विश्वकपमा गाेल गर्ने खेलाडीकाे कीर्तिमान बनाएका हुन् । रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । २००६ राेनाल्डाेकाे पहिलाे विश्वकप थियाे ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया