अछाममा गठबन्धनको शतप्रतिशत नतिजा

 मंसिर ९, २०७९ शुक्रबार ८:२९:५२ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लाका दुवै निर्वाचन क्षेत्रको सबै मतपरिणाम सार्वजनिक भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको अछामममा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अछाम क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर कुल १९ हजार ५ सय ३४ मतका साथ नेकपा एमालेका झपट बोहरालाई  पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयाे । 

नेकपा एमालेका झपट बहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नु भएको छ। ४ हजार ४ सय ८९ मतान्तरले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समादी  शेर बहादुर कुँवर विजयी हुनुभयाे । 

अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुष्प बहादुर शाहले २२ हजार ९५४ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका यज्ञ बहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गर्नुभयो ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्का १२ हजार ३ सय ३७ प्राप्त गर्दै विजयी बन्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत ल्याउनुभएकाे छ।

त्यस्तै अछाम क्षेत्र न १ प्रदेश सभा (२) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका झपट साउदले १२ हजार ११५ मत ल्याइ विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण प्रसाद जैसीले ९ हजार १९ मत पाउनुभयो । अछाम क्षेत्र नं. २ को प्रदेश सभा (१) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अक्कल बहादुर रावलले ११ हजार २३१ मत ल्याइ विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भीम बहादुर विष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो ।

यस्तै क्षेत्र न २ प्रदेस सभा (ख) को प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेसका नेता मान बहादुर रावल विजयी  हुनुभएकाे छ । साझा गठबन्धनका उम्मेदवार रहेका रावल २ हजार ५ सय ५२ को फराकिलो मतान्तरले विजयी हुनुभएकाे हाे।

सदर मतमा सत्ता गठबन्धनका उम्मेदवार रहेका रावलले ११ हजार २ सय १६ प्राप्त गर्नुभएकाे छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका शिवप्रसाद उपाध्यायले ८ हजार ६ सय ३४ मत पाउनु भएकाे छ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया