समानुपातिकतर्फ एमाले र कांग्रेसको ९ लाख मत कट्यो

 मंसिर ९, २०७९ शुक्रबार ८:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समानुपातिकतर्फ एमाले र कांग्रेसकले ९ लाख मत कटाएका छन् । प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमालेको अग्रता कायमै छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्म ९ लाख ४१ हजार १ सय ९५ मत पाएको छ ।

नेपाली कांग्रेसले ९ लाख ३ सय ७८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ५४ हजार ५ सय २९ मतसहित  तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले चार लाख १८ हजार ७ सय ४९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ४३ हजार ८४ मत पाएको छ । जनता समाजवादी पार्टीले १ लाख १६ हजार ५ सय ८९, जनमत पार्टीले ७० हजार ३३, एकीकृत समाजवादी ६६ हजार १ सय ४७, नागरिक उन्मुक्ति पार्टीले ६६ हजार ४ सय १७, नेपाल मजदुर किसान पार्टीले ५६ हजार ३ सय ५३ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ७ सय १८ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३० हजार ४ सय ६९ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २६ हजार ३ सय ५० मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १८ हजार ४ सय ८ मत पाएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया