नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश, तर खानेपानीको समस्या...
चैत ८, २०७९ बुधबार
महोत्तरी - महाेत्तरी प्रदेश सभा सदस्यमा भरतप्रसाद साह निर्वाचित हुनुभएको छ। सतारुढ गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका साहले आफ्ना निकटतम् प्रतिस्पर्धी जनता सामाजवादी पार्टीका रामश्रेष्ठ महतोलाई २ हजार ५ सय मताअन्तरले पराजित गर्नु भएको हो। साहले ८ हजार ३०१ मत पाउनु भएको छ भने महताेले ५ हजार ८७१ मत हासिल गर्नु भएको छ।
त्यस्तै स्वतन्त्रका विनोदकुमार महतोले ४ हजार ६१३ मत ल्याएर तेस्रो स्थान हासिल गर्नु भएको छ।
साह २०७४ सालको चुनावमा यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।
महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ ।