समानुपातिकतर्फ एमालेको मत १० लाख कट्यो

 मंसिर ९, २०७९ शुक्रबार १०:४३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । अहिलेसम्म एमालेले १० लाख मत कटाएको छ । समानुपातिकतर्फको मतगणनामा सुरवातदेखि नै अग्रता लिइरहेको एमालेले १० लाख ५ सय ७४ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले ९ लाख ५२ हजार ९ सय ८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ७५ हजार ६ सय २७ मतसहित  तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ४० हजार ७ सय १६ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५४ हजार ३ सय ९३ मत पाएको छ । जनता समाजवादी पार्टीले १ लाख २७ हजार ९ सय ५५, जनमत पार्टीले ७५ हजार ८ सय १०, एकीकृत समाजवादी ७० हजार ७ सय ९४, नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९ सय ५१, नेपाल मजदुर किसान पार्टीले ५६ हजार ९ सय १ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५३ हजार २ सय ९१ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३१ हजार ४ सय ९४ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २७ हजार ७ सय ५ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १९ हजार ६ सय ८३ मत पाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया