रुपन्देही-१ को प्रदेश सभामा कांग्रेसका रज्जाक र राप्रपाका चौधरी निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार ११:४७:५९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देही क्षेत्र नम्बर १ का प्रदेश सभातर्फ नेपाली कांग्रेस र राप्रपा विजयी भएका छन् ।

प्रदेश सभा १ मा राप्रपाका आशिषकुमार चौधरी १७ हजार ७८५ मतसहित विजयी हुनुभएको छ। नेपाली कांग्रेसका विश्वनाथ यादवले १४ हजार ६५१ मत ल्याउनु भएकाे छ।

त्यही क्षेत्रको प्रदेश सभा २ मा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी हुनुभएको छ। रज्जाकले १२ हजार १२१ मत ल्याउनु भएकाे छ । निकटतम् प्रतिस्पर्धी एमालेका दधिराम न्यौपानेले ११ हजार २१५ मत ल्याउनु भयो।

रज्जाक कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया