च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मेयर साहले थिएटर फेस्टिबल र फिल्म फेस्टिबलहरू महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको पनि बताउनुभयो । खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने उहाँको भनाइ थियो ।
मेयर साहले कला र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि काठमाण्डौ महानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।