रुपन्देही २ मा विष्णु पाैडेल विजयी

 मंसिर ९, २०७९ शुक्रबार २१:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाअन्तर्गत रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । उहाँ १३ सय ६६ मतान्तरले विजयी हुनुभएकाे हाे ।

पाैडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै विजयी हुनुभयाे । उहाँले २७ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

 

यस्तै सत्ता गठबन्धन दलको समर्थन पाएकाे राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभएको छ । १ लाख २६ हजार ८ सय सात मतदाता रहेका यस क्षेत्रमा ८० हजार ६ सय ५१ मत खसेको थियो । खसेकाे मध्ये ३१ सय ९३ मत बदर भएकाे निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया